नियम २६
कार्यरत स्थानबाट व्यक्तिगत घटना दर्ता गर्न सक्ने
सङ्ग, प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी निकाय वा नेपाल सरकारको स्वामित्व भएको सङ्गठित संस्थाका बहालवाला कर्मचारीले बसाइँ सराइ बाहेक आफू सूचक भई गर्नु पर्ने अन्य व्यक्तिगत घटना दर्ता निज कार्यरत रहेको स्थानको स्थानीय पञ्चिकाधिकारीको कार्यालयबाट गर्न सक्नेछ र यसरी दर्ता भएको सूचना फाराम र अभिलेख सम्बन्धित स्थानीय पञ्चिकाधिकारीले त्यस्तो कर्मचारीको स्थायी ठेगाना रहेको स्थानीय तहमा पठाउनु पर्नेछ।